८ बैशाख २०८१, शनिबार

चितवनमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु


मृत्यु

चितवन, भदौ ४ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ अस्पतालको आईसियुमा उपचाररत चितवनको रत्ननगर नगरपालिका-१३ निवासी ६५ वर्षका पुरुषको भएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

विगत ६ दिनदेखि कोभिड-१९ संक्रमण भई उक्त अस्पतालको कोभिड आईसियुमा उनको उपचार भई रहेको थियो । मृतक पुरुष दीर्घरोगी तथा बेड सोरेस भएको र फोक्सोको टिबी, सेप्सिस, एकेआई तथा कोभिड-१९ संक्रमणका कारणले आज भदौ ४ गते दिनको २:५७ वजे उक्त अस्पतालको कोभिड आईसियुमामा मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

चितवनमा अहिलेसम्म कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन् भने १ जना कैलालीका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !