१२ बैशाख २०८१, बुधबार

हेटौंडामा मृत्यु भएका वृद्धामा कोरोना संक्रमण पुष्टि


मृत्यु

हेटौंडा, भदौ ३ । मकवानपुर जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हिजो मंगलबार राति १० बजे हेटौंडा-१ जरुवाटोलस्थित आफ्नै घरमा निधन भएका ६१ वर्षीय व्यक्तिको आज बुधबार दिउँसो पीसीआर रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको हो ।

हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा स्वाब परीक्षण गर्दा मृतकमा कोरोना संक्रमण देखिएको तालिम केन्द्र स्रोतले जानकारी दिएको छ । केन्द्र स्रोतका अनुसार ती वृद्धामा उच्च रक्तचाप, मृगौला, हेपाटाइटिस बीको समस्या देखिएकाले थप परीक्षणका लागि काठमाडौं लैजान सोमबार स्वाब संकलन गरिएको थियो ।

सोमबार नै स्वाबको नमूना सङ्कलन गरिएपनि मृत्युपछि मात्रै परीक्षण गरिएको थियो । हेटौंडामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।उनको शव अहिले घरमै भएकोले व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !