८ बैशाख २०८१, शनिबार

कोरोनाको लक्षण भएकी तनहुँकी युवतीको पोखरामा मृत्यु


मृतकको शव

दमौली, २ भदौ । तनहुँको बन्दीपुर गाउँपालिका-६ निवासी २९ वर्षीया एक युवतीको आज पोखरामा मृत्यु भएको छ । ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै ती युवतीको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आजै पोखरा पठाइएको थियो । डुम्रेस्थित एक मेडिकलमा सामान्य उपचारपश्चात् उनलाई पोखरा पठाइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

ती युवतीमा कोरोना सङ्क्रमणको लक्षण रहेकाले क्षयरोग उपचार केन्द्रमा नमूना परीक्षणका लागि पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !