४ बैशाख २०८१, मंगलबार

पोखरामा कोरोना संक्रमणवाट तनहुँकी १ जना महिलाको मृत्यु


मृत्यु

पोखरा, भदौ २ । कास्की जिल्लाको पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट तनहुँकी १ जना महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१० स्थित कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ ब्यास-१ अम्रेनीकी ५० वर्षीया महिलाको कोरोना संक्रमणवाट हिजो सोमवार राती ११ः३६ बजे मृत्यु भएको हो ।

साउन २१ गते अस्पताल भर्ना भएकी महिलाको कोरोना परीक्षणको लागि स्वाब संकलन भएकोमा आज मंगलबार बिहान ६ बजेको रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको अस्पताल स्राेतले बताएको छ । उनी मधुमेह, रक्तचाप, मुटुको रोगी र निमोनियाको बिरामी थिइन् ।

उनको शव कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ११२ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !