७ बैशाख २०८१, शुक्रबार

बाँकेमा कोरोना संक्रमणवाट ६२ वर्षीय पुरूषको मृत्यु


मृत्यु

नेपालगन्ज, भदौ २ । बाँके जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-५ निवासी ६२ वर्षीय पुरुषको हिजो सोमबार राति पौने १२ बजेतिर मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण सहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको आएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

अन्तिमा उनलाई फोक्सोमा निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएर स्वास्थ्य स्थिति बिग्रँदै गएर मृत्यु भएको श्रेष्ठले जानकारी दिए । साथै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १०९ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !