११ बैशाख २०८१, मंगलबार

कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु


मृतकको शव

बुटवल, साउन ३१ । कपिलवस्तु जिल्लाका थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु-७ मायादेवीका ४० वर्षीय १ जना पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

आज साउन ३१ गते शनिबार बिहान ८ बजे ती पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिएका छन् । साउन २९ गते अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको थियो । २९ गते नै स्वाब परीक्षणका लागि पठाइएकामा ३० गते आएको रिपोर्टको नतिजा प्रस्ट नआएकाले पुन: पीसीआर परीक्षणका लागि पठाइएकोमा आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।

कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !