१३ बैशाख २०८१, बिहिबार

किस्ट अस्पतालमा उपचाररत बाराका कोरोना संक्रमित पुरुषको मृत्यु


किस्ट अस्पताल

२८ साउन, काठमाडौं । ललितपुर जिल्लाको ग्वार्कोस्थित किस्ट अस्पतालको आईसीयूमा उपचाररत थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना पुरुषको मृत्यु भएको छ । बारा जिल्लाको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ४ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोतका अनुसार साउन २६ गते राति उनलाई त्रिवि शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो । उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा आज दिउँसो १ बजे रिपोर्ट पोजेटिभ आएको हो । उनी दम तथा मुटु रोगी भएको बुझिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

यो पनि पढ्नुहोस्

किस्ट अस्पतालमा टेकुकी कोरोना संक्रमित महिलाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !