१२ बैशाख २०८१, बुधबार

कपिलवस्तुका कोरोना संक्रमित १ जना पुरुषको बुटवलमा मृत्यु


कोरोना संक्रमणबाट मृत्यु

बुटवल, साउन २८ । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका-२ जमुवार टोलका ४२ वर्षीय कृष्णकुमार अग्रहरीको मृत्यु भएको छ ।

अधिक ज्वरो, रुघाखोकी र स्वासप्रश्वासमा समस्या हुन थालेपछि थप उपचारका लागि बुटवल धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत अग्रहरीको आज बिहान मृत्यु भएको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले जानकारी दिएका छन् ।

मृतक अग्रहरी १ हप्ताअघिदेखि बुटवलस्थित कोरोना अस्पतालमा उपचार हुँदै आएको थियो । जिल्लामा थप ३ जना कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि १ जनाको काठमाडौं र २ जनाको बुटवलमा उपचार भइरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आघिकारिक पुष्टि बाँकी छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु