१३ बैशाख २०८१, बिहिबार

धरानमा मोरङका कोरोना संक्रमित १ जना पुरुषको मृत्यु


मृत्यु

धरान, साउन २८ । सुनसरी जिल्लाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित थप १ जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधवार बिहान बिहान १ः२० बजे मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतकको शव अझै आइसोलेसन वार्डबाट अन्यत्र लगिएको छैन । शव व्यवस्थापन गर्न पहल भइरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आघिकारिक पुष्टि बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !