१३ बैशाख २०८१, बिहिबार

सप्तरीमा कोरोना संक्रमणबाट १ जना बृद्धको मृत्यु


मृत्यु

राजविराज, साउन २८ । सप्तरी जिल्लामा हिजो मंगलबार राति थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । योसंगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृ्त्यु हुनेको संख्या ३ पुगेको छ ।

डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका-६ मा बस्दै आएका ८० वर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमण देखिएपछि आइसोलेसन पुर्‍याउने क्रममा ती वृद्धको मृत्यु भएको हो ।

४ दिन अघि ज्वरो आएपछि चिकित्सकको उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजेटिभ आएपछि एम्बुलेन्समा आइसोलेसन पुर्याउने क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आघिकारिक पुष्टि बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु