७ बैशाख २०८१, शुक्रबार

कोहलपुर मेडिकल कलेज उपचारत १ जनाको कोरोना भाइरसवाट मृत्यु


मृत्यु

बाँके, साउन २७ । मेडिकल कलेज कोहलपुरमा हिजो साउन २६ गते १ जना व्यक्तिको कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेज उपचारत उनको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । जिल्लामा हालसम्म बाँके निवासी ३ जना र अन्य जिल्लावासी २ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आघिकारिक पुष्टि बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !