१२ बैशाख २०८१, बुधबार

किष्ट अस्पताल ललितपुरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौँ, साउन २६ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालको आईसीयूमा उपचाररत १ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणवाट आज बिहान ९ बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

निमोनियाको उपचार गराउन साउन २५ गते आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिईन । निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो । आज सोमबार मृत्यु पश्चात उनको स्वाब परीक्षण गर्दा दिउँसो २ बजे कोरोना पोजेटिभ देखिएको हो । मृतक महिलामा कलेजो र गलब्लाडरको समस्या रहेको बताइएको छ ।

मृतक महिलाान निमोनिया तथा छातीको संक्रमण रहेको थियो । उनी भेन्टिलेटरमा उपचाररत थिइन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आघिकारिक पुष्टि बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !