१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा कोरोना संक्रमणबाट थप १ जना बृद्धको मृत्यु


मृत्यु

२६ साउन, काठमाडौं । राजधानी काठमाडौँमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

काठमाडौं महानगरपालिका-१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

यस्तै ललितपुरको भैसेपाटीस्थित मेडीसीटी अस्पतालमा उपचारत कोरोना संक्रमित ६४ वर्षीय वृद्धको मृत्यु भएको छ । उनको आज सोमबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । भाइरल निमोनिया र पुरानो मुधमेहको उपचार गराइरहेका ती वृद्धलाई असार ३१ गते अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । मृतक कीर्तिपुर ट्याङ्ला फाँटका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !