७ बैशाख २०८१, शुक्रबार

विराटनगरमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु


मृत्यु

विराटनगर, साउन २३ । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आज शुक्रबार १ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-९ गुद्रीका ५८ वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९:४० बजे कोशी अस्पताल ल्याउँदा-ल्याउँदै बाटोमै मृत्यु भएको थियो । अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कोशी अस्पतला स्रोतले मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकाले स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !