८ बैशाख २०८१, शनिबार

पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु


पाटन अस्पताल

ललितपुर, साउन २३ । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित २ जनाको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको आज शुक्रबार मृत्यु भएको हो ।

पाटन अस्पताल स्रोतका अनुसार कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् । रुपन्देही, सुनौलीकी ती महिलालाई पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा आज शुक्रवार ११ बजेतिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

सर्लाहीका ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको आज शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

यसअघि हिजो बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई स्टार अस्पतालबाट पाटन अस्पतालमा रिफर गरिएको थियो । स्टार अस्पतालमै हुँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !