८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणबाट भारतमा २५ जना नेपालीको मृत्यु


मृत्यु

काठमाडौं, साउन १८ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट यो साता थप २८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणवाट भारतमा थप २५ जना नेपालीको ज्यान गएको छ ।

भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र मृत्युको दर पनि बढीरहेको बताउँदै समितिका संयोजक डा संजीव सापकोटाले भारतमा विभिन्न मितिमा थप २५ नेपालीको मृत्यु भएको हो । उनका अनुसार भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । शनिवार साँझ सम्म नेपालका ५६ सहित विश्वभर २४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !