डडेल्धुरामा जङ्गली च्याउ खाँदा १ जना बालकको मृत्यु, ४ जना बिरामी Nepalpatra डडेल्धुरामा जङ्गली च्याउ खाँदा १ जना बालकको मृत्यु, ४ जना बिरामी
१९ असार २०७९, आइतबार

डडेल्धुरामा जङ्गली च्याउ खाँदा १ जना बालकको मृत्यु, ४ जना बिरामी


जङ्गली च्याउ

अमरगढी, १३ साउन । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !