१३ बैशाख २०८१, बिहिबार

मेलम्ची खानेपानी आयोजनाका बेपत्ता इञ्जिनीयरको शव फेला


शव परीक्षण अनुमति पायो धुलिखेल अस्पतालले

मेलम्ची, ३१ असार । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो १२ बजे दुई जना बेपत्ता भएको थियो ।

तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनियर सतिस गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको खोजी जारी रहेको पनि उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !