१३ बैशाख २०८१, बिहिबार

झापा र सुनसरीमा खोलाले बगाएर २ जनाको मृत्यु, २ जना बेपत्ता


River_SWimming Bepatta

झापा/सुनसरी, असार-२८ । झापा र सुनसरीमा खोलाले बगाउदा २ जनाको मृत्यु भएको छ भनि दुई जना बेपत्ता भएका छन । हिजो साढे २ बजे झापा गाउँपालिका-५ बस्ने ३५ बर्षीय राजेश गणेशको खोलाले बगाएर मृत्यु भएको हो ।

मलामी गएको बेला बिरीङ खोलामा पौडी खोल्ने क्रममा डुबेर बेपत्ता भएका राजेशलाई खोजी गर्ने क्रममा हिजो बेलुका साढे ७ बजे ३ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी धरान-१३ स्थितमा रहेको सर्दु खोला तर्ने क्रममा ५५ बर्षीय राम बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ ।

हिजो दिउसो पौने ४ बजे खोलाले बगाएर बेपत्ता भएका बस्नेतलाइ खोजी गर्ने क्रममा आज बिहान ८ बजे ५ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । साथै झापा भद्रपुर-३ बस्ने-३३ बर्षीय हिरण राईलाई खोलाले बगाउदा उनी बेपत्ता भएका छन । हिजो अपरान्ह साढे ४ बजे नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा राईलाइ खोलाले बगाउदा उनि बेपत्ता भएका हुन ।

यसै गरी सुनसरी बराहक्षेत्र-६ बोराबान कोशी किनारामा दाउरा खोज्ने गएका बराहक्षेत्र-७ देबीघाट बस्ने १२ बर्षीय अनिल बस्नेतलाई खोलाले बगाउदा उनि बेपत्ता भएका छन । आज बिहान साढे ५ बजे कोशी नदीले बगाउदा उनि बेपत्ता भएका हुन । बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !