७ बैशाख २०८१, शुक्रबार

काठमाडौँका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु


कोरोना भाइरसबाट मृत्यु

काठमाडौं, असार २७ । गोकर्णेश्वर नगरपालिका-४ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमण पुरुषको मृत्यु भएको हो ।

लामो समयदेखि विभिन्न रोगहरुसंग लड्दै आएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछी काठमाडौं मेडिकल कलेज सिनामंगलमा गत आइतवार भर्ना गरिएको थियो ।

ती पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालले जानकारी दिएको छ । मृत्यु भएको भोलिपल्ट मात्र उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

संक्रमित पुरुषको मृत्यु भएसंगै गोकर्णेश्वर नगरपालिका-४ ले उनको घर क्षेत्रलाई सिल गरी कन्ट्रयाक्ट ट्रेसिंगको काम शुरु गर्ने जानकारी दिएको छ । मृत्यु भएका पुरुषको शव अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा रहेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !