१२ बैशाख २०८१, बुधबार

ललितपुरमा गोरखाका कोरोना संक्रमित १ जना युवकको मृत्यु


मृत्यु

ललितपुर, असार २३ । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत २७ वर्षीय १ जना पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट निधन भएको छ । ती युवकको उपचारको क्रममा हिजो असार २२ गते राती पौने १० बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

गत असार २० गते विहान ८ बजेको समयमा गोरखा जिल्ला, भिमसेन थापा गाउँपालिका-२ तान्द्राङ बस्ने युवक आफ्नै घरको काठको दलानमा पासो लगाई झुण्डिएका थिए । स्थानीयले पासो काटी स्थानीय अस्पतातलमा उपचार गरेको र थप उपचारको लागि असार २० गते बेलुकी साढे ९ बजे पाटन हस्पिटल ल्याइएको थियो ।

पाटन हस्पिटल अनुसार ती युवकको आज विहान पिपिआर रिपोर्ट पोजिटिभ आएको बताएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार शब व्यवस्थापनको कार्य राज दल गणले गरिरहेको जानकारी दिए ।

भीमसेनथापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेका अनुसार मृतक युवकमा मानसिक समस्या रहेको जानकारी दिएका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !