८ बैशाख २०८१, शनिबार

फेसबुक लाइभ गरेर चितवनमा पनि एक युवतीले गरिन् आत्महत्या


फेसबुक लाइभ गरेर चितवनमा पनि एक युवतीले गरिन् आत्महत्या

काठमाडौँ । चितवनमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एक जना युवतीले आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । केही दिनअघि मात्र दाङमा अर्की एक युवतीले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सुभास भट्टका अनुसार भरतपुर महानगरपालिका-२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको जानकारी दिए । भरतपुरमा ती युवतीले ब्युटिपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको इन्सपेक्टर भट्टले बताए । ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

ती युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् । साथीहरुको नभएको समयमा ती युवती सलको पासो लगाएर झुण्डिएकी प्रहरीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !