८ बैशाख २०८१, शनिबार

गोरखामा ४४ वर्षीय कोरोना संक्रमितको मृत्यु


मृत्यु

गोरखा, असार १९ । गोरखा जिल्लाको गोरखा अस्पतालमा उपचाररत ४४ वर्षीय कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्‌ ।

पालुङटार नगरपालिका-७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान ५:०५ बजे मृत्यु भएको गोरखा अस्पतालले जानकारी दिएको छ ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

उनी कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका थिए । साथै उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । कोरोना संक्रमणसँगै जटिल निमोनियाबाट ग्रसित समेत भएका थिए ।

यो संगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ तर यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

गोरखामा ४४ वर्षीय १ जना कोरोना संक्रमितको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !