११ बैशाख २०८१, मंगलबार

बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु, ५ घाइते


चट्याङ लागेर मृत्यु

बारा, असार १८ । बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ भने रौतहटको एक घरमा लाखौँको क्षति भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका-१२ शीतलपुर र फेटा गाँउपालिका-१ मा गरी ४ जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी बारा प्रहरी कार्यालयले जानकारी दिएको छ । साथै फेटा गाँउमा एउटा घरमा चटाङ लग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको घटानस्थलमै मृत्यु भएको छ ।

चटाङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ । उता, बिहान ८ बजेको समय रौतहटको कटहरिया ५ बजारमै एउटा घरमा चट्याङ लाग्दा लाखौँ बराबरको क्षति भएको छ । स्थानीय कृपाशंकर यादवको घरमा चट्याङ लागेर घरमा रहेको एकथान एलिडि टिभी, कम्प्युटर, राउटर लगायत लाखौँ बराबरको सामान पूर्णरुपमा क्षति भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !