७ बैशाख २०८१, शुक्रबार

काठमाडौँको कागेश्वरी मनोहरामा २ जना झुण्डिएको अवस्थामा मृत भेटिए


काठमाडौँको कागेश्वरी मनोहरामा २ जना झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं, असार १७ । काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरामा २ जना व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर मार्गमा डेरा गरी बस्ने १ जना महिला र १ जना पुरुष झुन्डिएको अवस्था मृत फेला परेको कागेश्वरी मनोहरा नगरपालिका-९ का वडा अध्यक्ष कुन्दन खड्काले पुष्टि गरेका छन् ।

झुन्डिएको अवस्थामा मृत फेला पर्नेहरुमा अन्दाजी करीव २३ वर्षकी युवती अस्मिता थापा र ३४ वर्षका पुरुष आसम मुसलमान रहेका छन् । घरबेटी नभएको उक्त घरमा उनीहरु विगत ४ महिनादेखि बस्दै आएका थिए ।

झुन्डिएको अवस्थामा फेला परेकी थापाको पहिलाका पतिसँग सम्बन्ध विच्छेद भइसकेको बताइएको छ । यद्यपि आसम भने सम्बन्ध विच्छेदको तयारीमा थिए । घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का उठाई कानुनी प्रक्रिया पूरा गरेर शव उठाउने तथा घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !