८ बैशाख २०८१, शनिबार

नहरमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु


मृत्यु

लहान, १७ असार । नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
राजविराज– सप्तरीको राजगढ गाउँपालिका–४ मा आज बिहान खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।

बिहान करिब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स१त ५८७६ नंको ट्र्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुःख व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !