७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणवाट हुने मृत्युदर १ प्रतिशत भन्दा कम


नेपालमा कोरोना संक्रमण

काठमाडौँ, असार १४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४६३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

साथै मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३०१३ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको पुष्टि भएको छ ।

यसरी हेर्दा नेपालमा आजसम्म जम्मा कोरोना संक्रमितको संख्या १२७७२ पुगेको छ भने नेपालमा अहिलेसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको पुष्टि भएको छ । तसर्थ नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या र कोरोना संक्रमण मृत्यु हुनेको संख्याको तुलनात्मक अध्ययन गरेर हिसाव निकाल्दा कोरोना संक्रमणवाट हुने मृत्युदर लगभग ०.२२ प्रतिशत मात्र छ जुन १ प्रतिशत भन्दा धेरै कम हो ।

तस्वीर : नेपाली विकिपिडिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !