१२ बैशाख २०८१, बुधबार

चट्याङ लागेर मकवानपुरमा २ जनाको मृत्यु


चट्याङ लागेर मृत्यु

हेटौंडा, ११ असार । मकवानपुर जिल्लामा चट्याङ लागेर हिजो बुधबार राति २ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर पुर्णबहादुर जिम्वाको छोरा १४ बर्षीय किरण जिम्वा घाइते भएको र उन को दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा बकैया-२ कालापानीका बुद्ध घिसिङकी छोरी १७ बर्षीया सम्झना घिसिङ र आशालाल घिसिङकी श्रीमती २५ बर्षीया बिना घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर सम्झना घिसिङको घटनास्थलमै मृत्यु भयो भने बिना घिसिङ घाइते भएकी थिइन् । थप उपचारका लागि उनलाई स्वास्थ्य चौकी लगिएको थियो । उनको उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आ-आफ्नो घरमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमा र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !