आत्महत्या गरेका अर्घाखाँचीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि Nepalpatra आत्महत्या गरेका अर्घाखाँचीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि
३१ बैशाख २०७८, शुक्रबार

आत्महत्या गरेका अर्घाखाँचीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि


मृत्यु

अर्घाखाँची, ३ असार । अर्घाखाँची जिल्लामा आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी शीतगङ्गा-५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो । गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा एकै दिन ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । यससँंगै जिल्लामा कोरोना सङ्क्रमित ११० पुगेका छन् । कोरोनाका कारण जिल्लामा ३ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !