७ बैशाख २०८१, शुक्रबार

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या


सुशान्त सिंह राजपुत C

एजेन्सी, जेष्ठ ३२ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

आत्महत्याको कारण खुलेको छैन । राजपूतको घरमा काम गर्ने व्यक्तिले बान्द्रा प्रहरी चौकीमा आत्महत्याबारे जानकारी गराएका थिए । टेलिभिजनबाट आफ्नो अभिनय यात्रा शुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा राम्रा चलचित्रमा काम गरेका थिए ।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

३४ वर्षीय राजपुतले पछिल्लो समय सारा अली खानसँग ‘केदारनाथ’ र श्रद्धा कपुरसँग ‘छिछोरे’ फिल्ममा अभिनय गरेका थिए । उनले शुद्ध देसी रोमान्स, पिके, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए । उनी ३४ वर्षका थिए ।

किस देश में है मेरा दिल नाम गरेकाे टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए ।

उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ । फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !