७ बैशाख २०८१, शुक्रबार

भक्तपुरको सूर्यविनायक चोकमा खटिएका प्रहरी हवल्दारमाथि चक्कु प्रहार


चक्कु प्रहार

चैत १८, भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक चोकमा डिउटीमा खटिएका १ जना प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको प्रहरी वृत जगातीले जानकारी दिएको छ ।

मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सुर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका थिए । क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कु सहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !