७ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा १३ वर्षकी बालिकामाथि बलात्कार


बालिका बलात्कृत

१४ चैत, बुटवल । कपिलवस्तु जिल्लामा १३ वर्षकी बालिकामाथि राती १० बजेतिर घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षका युवा एजाज मुसलमानले बलात्कार गरेका हुन् । जिल्लाको मायादेवी गाउँपालिका-४ मुख थुनेर पीडितकै घर पछाडि लगेर बलात्कार गरेको स्थानीयबासीले बताएका छन् ।

बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धार गरेका थिए । बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ । बलात्कार गर्ने युवक फरार भएका छन् र खोजी कार्य जारी रहेको छ ।

बालिकाको बुबा रोजगारीका लागि भारतमा छन् भने घरमा उनी आमासँग बस्दै आएकी छन् । गाउँलेहरु पीडित बालिका सहित जिल्ला प्रहरी कार्यालय तौलिहवा पुगेका छन् । बलात्कृत बालिकाको घाउँजाँच तथा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !