८ बैशाख २०८१, शनिबार

वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदा गरेका दुई युवतीको उद्धार


न्याय

भद्रपुर, १७ माघ । नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदा गरेका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा रु २२ हजारको जागिर लगाई दिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए । उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !