७ बैशाख २०८१, शुक्रबार

धर्मग्रन्थ पढाउने गुरुले गृहकार्य सुनाउन जाँदा जब कोठाको चुकुल लगाए…


महिला हिंसा

माघ १०, काठमाडौं । विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका छन् । उनीहरु आफूलाई अध्ययन गराउँदै आएका मदरसाका मोलबीबाट दुव्र्यवहारको शिकार भएको बताएका छन् ।

विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका हुन् । सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मेलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्यनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पीडित छात्राको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सरोज यादवले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !