११ बैशाख २०८१, मंगलबार

‘सोधपुछ गर्नुछ, फर्काइ हाल्छौं भन्दै अपहरण गर्यो


६ पुस, दैलेख । आइतबार बिहानपख १ बजे अपहरणमा परेका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इलामध्ये श्रीमती जंगलमा फेला परेकी छन् ।

नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका अध्यक्ष अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ । उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् । शनिबार मध्यराति अध्यक्ष शाहीको घरमा पटक-पटक ढोका ढक्ढक्याएपछि शाही पत्नी इलाले दैलो उघारेकी थिइन् । त्यसपछि १०/१२ जनाको समूह घरभित्र प्रवेश गरी धिरबहादुर दम्पत्तिलाई सो समूहले घरबाट सोधपुछ गर्नुछ । फर्काइहाल्छौं भन्दै अपहरण गर्‍यो ।

दुई घण्टा हिँडाएपछि वडा नं. २ को जंगलमा पुर्‍याएपछि इलालाई यहीँबाट फर्किन भनियो । नफर्किए ‘जे पनि हुनसक्ने’ धम्की दिइयो । धिरबहादुरलाई भने नकाबधारी समूहले आफूसँगै लगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !