१३ बैशाख २०८१, बिहिबार

वडाध्यक्षमाथि बोक्साको आरोप लगाउँदै कालोमोसो लगाएर मलमूत्र खुवाउने प्रयास


२४ मंसिर , काठमाडौं । इच्छामनकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई बोक्साको आरोपमा स्थानीयले कालोमोसो लगाउनुका साथै मलमूत्र खुवाउने प्रयास गरेको घटना सार्वजनिक भएको छ । नेपालकै लोपोन्मुख जातिको सूचीमा रहेका चेपाङलाई स्थानीयको एक समूहले कुटपिट गर्दै जुत्ताको माला लगाएर कालोमोसो दलेपछि गाउँसमेत परिक्रममा गराएका थिए ।

वडा भवनको कार्यालय सार्ने विषयमा बिवाद भएपछि चेपाङलाई बोक्सोको आरोप लगाउँदै मलमूत्र खुवाउने प्रयास भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । प्रहरीले उक्त काण्डमा संलग्न रहेका उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको थियो । चेपाङमाथि कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै नेकपा चितवनले विज्ञप्ति जारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !