१३ बैशाख २०८१, बिहिबार

विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ


सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नियमित जाँचका क्रममा उनीहरु समातिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बताएको छ ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायका अनुसार उनीहरु हङकङबाट नेपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु