७ बैशाख २०८१, शुक्रबार

एटिएम ह्‍याक गर्ने पाँच चिनियाँ जेल चलान


२१ कात्तिक, काठमाडौं । गत भदौ २१ गते शनिबार राजधानीस्थित विभिन्‍न सातवटा बैंकको एटिएम ह्याकिङ गरेर करोडौँ रुपैयाँ निकालेका पाँचजना चिनियाँ जेल चलान भएका छन् ।

उच्च अदालत पाटनले एटिएम ह्‍याक गरेको अभियोगमा पक्राउ परेका पाँचजना चिनियाँ र एकजना फ्रान्सेली नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार आदेश दिएक हो ।

अदालतले एटिएम ह्याकिङ प्रकरणमा पक्राउ परेका नेपाली नागरिक देवनाथ लामिछानेसँग ३० लाख रुपैयाँ, रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी मागिएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !