१३ बैशाख २०८१, बिहिबार

कांग्रेशका नेता आलमविरुद्ध ३ अभियोग दर्ता


१८ कात्तिक, रौतहट । नेपाली कांग्रेशका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै अभियोगपत्र दर्ता गरेको छ ।

आलमसहित उनका भाई मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !