८ बैशाख २०८१, शनिबार

महराको थुनछेक बहस हुँदै, महराको पक्षमा ३२ जना अधिवक्ताले बहस गर्दै


कृष्णबहादुर महरा

१८ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा गत १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । आइतबार बहस नसकिएपछि सोमबारलाई राखिएको थियो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा महराको थुनछेक बहस चलिरहेको छ । सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए । तीमध्ये आइतबार वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका छन् । सरकारी पक्षबाट भने चार जनाले बहस गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !