१२ बैशाख २०८१, बुधबार

महराको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरुसहित करिब २० जना वकिल


कृष्णबहादुर महरा

१७ कात्तिक, काठमाडौं । कृष्णबहादुर महराको काठमाडौं जिल्ला अदालतमा आइतबार दिउँसो ११:३० बजेबाट थुनछेक बहस सुरु भएको छ । महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् ।

जसमध्ये पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरू लभ मैनाली, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बराल छन् भने अधिवत्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाईंले पनि बहस गर्ने छन् । बहसपछि महरा धरौटीमा रिहा हुने वा मुद्दाको पूर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारिखमा छाड्ने भन्ने एक आदेश दिनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !