१२ बैशाख २०८१, बुधबार

महराको थुनछेक बहस आज


१७ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा गत १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आजबाट बन्द इजलासमा थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

महराको थुनछेक बयान पनि न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भएको थियो । थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !