१३ बैशाख २०८१, बिहिबार

राजपुर काण्ड : अनुसन्धानमा खटिएका सबै अधिकृतको छानबिन हुने


८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभाका सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धानमा खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन् । यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले प्रहरीलाई असार ६ गते तत्कालिन अनुसन्धान अधिकृतहरुलाई समेत छानबिनको दायरामा ल्याएर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको थियो ।

अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध अवहेलना निवेदनको सुनुवाई गर्दै उक्त इजलासले ‘कुन–कुन अवधिमा को–को अनुसन्धान अधिकृत नियुक्त भई अनुसन्धान के–कसरी अघि बढाएको हो, त्यसको जानकारी लिनू र समन्वय गरी अगाडि बढ्नु’ भन्ने आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !