१३ बैशाख २०८१, बिहिबार

विद्यालयमै रक्सी खाइरहेका प्राचार्यसहित चारजना शिक्षक रंगेहात पक्राउ


चितवन, १ साउन । चितवनको रत्ननगर नगरपालिका–९ स्थित कपरखोरी माध्यमिक विद्यालयमै रक्सी खाइरहेका प्राचार्यसहित शिक्षक र अन्य चारजना कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रधानाध्यापक विष्णु कटेल, सहायक प्रअ कृष्णबिलास ढुङ्गाना, लेखा अधिकृत बालकृष्ण पौडेल, व्यवस्थापन समितिका पदाधीकारी बलराम बगालेलाई प्रहरीलाई बुझाइएको स्थानीयले बताएका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय टाँडीमा राखी अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !