८ बैशाख २०८१, शनिबार

बलात्कृत किशोरीको स्वास्थ्य अवस्थाबारे जानकारी


crimes

काठमाडौँ, १० जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बलात्कारमा परेकी धनुषाकी एक किशोरीको अवस्थाबारे जानकारी लिनुभएको छ । गत वैशाख १५ गते बलात्कारमा परेकी ती किशोरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उहाँले आज सोही अस्पतालमा पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । बलात्कार गरेको आरोपमा सोही जिल्लाका ३३ वर्षीय राजकुमार साहलाई गत वैशाख १६ गते नै प्रहरीले पक्राउ गरिसकेको छ । घरमा कोही नभएको मौका छोपी साहले घरमा प्रवेश गरी किशोरीलाई बलात्कार गरेको बताइएको छ । पीडित ती किशोरीको स्वास्थ्य अवस्था सामान्य भए पनि डराउने, तर्सिनेजस्ता मानसिक समस्या देखिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !