७ बैशाख २०८१, शुक्रबार

ललितानिवास जग्गा प्रकरणः ‘४७ वर्षअघि मुआब्जा दिइएको हो’


बालुवाटार

९ जेठ, काठमाण्डौ । पञ्चायत पालाका एक मन्त्रीले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गाको भोगधिकारीलाई ४७ वर्षअघि नै मुआब्जा दिएको खुलासा गरेका छन् ।

२०२६ चैत ३१ गते देखि २०२८ वैशाख १ बीचको अवधिमा ‘एक्टिङ प्राइममिनिस्टर’ (फस्ट मिनिस्टर) रहेका गेहेन्द्रबहादुर राजभण्डारी नेतृत्वको सरकारका मन्त्री नवराज सुवेदीले ललितानिवास र त्यसले चर्चेको जग्गा अधिग्रहण गर्दा भोगाधिकारीलाई चलनचल्तीभन्दा बढी नै मुआब्जा दिएको खुलासा गरेका हुन् ।

त्यति बेला सार्वजनिक संरचन बनाउनकै लागि सरकारले विभिन्न व्यक्तिका नाममा भएका जग्गाजमिन अधिग्रहण गरेको उनले बताए । त्यही क्रममा लक्ष्मीनिवास(भैरवनाथ गण, महाराजगञ्ज), ललितानिवास (बालुवाटार), सीता भवन (बालमन्दिर) , महावीरभवन (प्रहरी हेडक्वार्टर), बमरमहल र हरिहरभवन( पुल्चोक) गरी ६ वटा राणाकालीन दरबार मुआब्जा तिरेर सरकारका नाममा ल्याइएको उनले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !