७ बैशाख २०८१, शुक्रबार

दीपक मनाङे जेल चलान


दीपक मनाङ्गे

७ वैशाख, काठमाण्डौ । बिहीबार साँझ पक्राउ परेका गुन्डा नाइके दीपक मनाङे कारागार चलान भएका छन् ।

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङेलाई शुक्रबार जिल्ला अदालत उपस्थित गराइएको थियो र उनलाई डिल्लीबजार कारागार जलान गर्न अदालतले आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले अनलाइनखबरलाई बताए ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।

सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो दुई सातादेखि भने उनी काठमाडौं आसपासमै थिए । उनको लोकेसन नुवाकोट ट्रेस भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । तर, उनी फेला परेनन् ।

ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए ।
यो पनि पढ्नुहोस्:
‘सांसद’ दीपक मनाङ्गे पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !