८ बैशाख २०८१, शनिबार

बिस्केट जात्रामा ढुंगा हान्ने आरोपमा १३ जना पक्राउ


crimes

६ वैशाख, भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् बिहीबार बिहान भक्तपुर नगरपालिका- ३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर- २ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, २६ वर्षीय सुमन कासुला, भक्तपुर- १० कमलविनायक बस्ने २३ वर्षीय मनीष मकाजु, ३१ वर्षीय सुनिल गुरुङ, भक्तपुर- ४ बस्ने १८ वर्षीय मनीष छुकाँ, १८ वर्षीय सन्नी छुकाँ, २८ वर्षीय अर्जुन गपी, २२ वर्षीय लम्मीप्रसाद दुवाल, भक्तपुर- ५ इताछें बस्ने २६ वर्षीय सुरेन्द्र देशेमरु, १८ वर्षीय ससिस पन्च र भक्तपुर- ३ नासमना बस्ने ३८ वर्षीय सविन श्रेष्ठ रहेका छन् ।

त्यस्तै जात्रामा हतियारसहित सहभागी भएर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले भक्तपुर- ४ सुकुलढोका बस्ने १८ वर्षीय साजन माक र सूर्यविनायक- ६ बस्ने १६ वर्षीय समन भेलेलाई खुकुरी र हातमा लगाउने औँठी जस्तो नोकसमेत लिई जात्रा अशान्त बनाउन खोजेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान जारी राख्दै कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए ।-रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !