८ बैशाख २०८१, शनिबार

सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक पक्राउ


crimes

२७ चैत, सुनसरी । सुनसरीस्थित इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्तालाई उखु किसानलाई रकम भुक्तानी नगरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकास्थित अमाहीबेल्हामा रहेको मिलले किसानसँग उखु खरिद गरेबापत भुक्तानी गर्नुपर्ने करिब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । किसानलाई पटक–पटक भुक्तानी गर्ने आश्वाशन दिएपनि रकम नदिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद चिमोरियाले किसानलाई भुक्तानी रकम नदिएपछि सोधपुक्षका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !