१३ बैशाख २०८१, बिहिबार

सामाजिक विकासमन्त्री घिमिरेलाई लक्षित गरी बम प्रहार


jiwan-ghimire

११ चैत, सुनसरी । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लक्षित गरी मोरङको पथरी शनिश्चरेमा बम प्रहार भएको छ ।

विराटनगरवाट झापा प्रस्थान गरेका मन्त्री घिमिरे चढेको गाडीनजिक आइतबार बिहान बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गस्थित पथरीको हरियाली सामुदायिक वननजिकको सडकमा मन्त्री घिमिरे पुगेपछि सुतली बम विस्फोट भएको थियो ।

तत्कालै बम प्रहार गरेर केही युवाहरु भागेको भनिए पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । विप्लव माओवादीले बन्दको आह्वान गरेको अवस्थामा उसैले बम विस्फोट गराएको हुनसक्ने प्रहरीको भनाइ छ ।

Follow नेपालपत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !